युवा एकता आजको आवश्यकता चाहे जे पनि हुन्छ ।
थारु जात किन फुटेको, आउन हौं एक साथ,
थारुहरु किन हेपिएका छ्न मिलाउन हौं हाथ,।
आदिवासी नेपाली हौं थारु नै हो हाम्रो मुल जात,
शान्तिको दुत बुद्ध बनी न छुट्टाउनुहोस न हौं हाथ,।।
आउ आउ सङ्गै मिलि गरौंला मायाप्रेमका मिठाबात,
थारु हौं भने थारु को मुल्य न चुकाव मिलाउ हाथ,।
आज भोलि पर्सि भन्दा भन्दै कयौं बित्या छ दिनरात,
आखिर किन हुदैनौं हामी थारु एकता भैइ एकसाथ,।।
केही गरौं केही गरौंला भन्ने सबको छ मनमा आश,
मेरो त हृदयको सपनीमा बसे छ समाजको घरबास,।
ठुलो सपना बोकेको छु एकलै भएको छु जिन्दालास,
कोहि थारु उठाउदैनन किन हाम्रो यो समाजको लास,।।
आउ न हामी थारु युवा पिढीं सबै मिलि केही गरौंला,
थारु कै हकहित अधिकार का निम्ति संगै बरु मरौला,।
केको चिन्ता कसलाई के लिएर जाने हो सबैमिलि बढौंला,
प्रवासमा छौ हामी एकदिन गाउँ ठाँउमै गएर केही गरौंला,।।
पुर्व मेची पश्चिम् महाकाली थारु नै हो बाहुल्य का राजा,
युवायुवती एकता नभए हामो थारुलाई बनाउनेछ्न साँझा,।
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ खुनियांकटा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता,।।
थारु हरु कहाँ कहाँ छरिएका छ्न नराखौं हामी युवा भरम,
आफ्नो लागि केही गर्न नसके गाउँ देशकै लागि बरु गरम,।
हार माने हारिन्छ जित माने जितिन्छ हुनुपर्छ आत्म बिस्वास,
सत्य कहिले झुकेको छैन अमर अटलमा नै छ थारु इतिहास,।।
थारु युवा साहित्यकार को हृदयले भन्छ चाहे जे पनि हुन्छ,
सत्य कहिले झुकेको हुदैनन् आखिर बिष पनि अमृत बन्छ,।
थारु युवा साहित्यकार को हृदयले भन्छ चाहे जे पनि हुन्छ,
सत्य कहिले झुकेको हुदैनन् आखिर बिष पनि अमृत बन्छ,।।
Send by :- Suresh chaudhry