तिम्रो सुन्दरताको ब्यान म गरु कसरी?(गजल)

Thursday, 18 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

तिम्रो त्यो अनमोल सुन्दरताको
लेखेर बयान म गरुँ कसरी,
तिम्रो र मेरो मायाको बिचमा रहेको
सागर अब तरुँ कसरी ?

रहर जाग्यो मेरो मुटुमा माया लाउने तिमी सित
बरु तिम्रो त्यो दिलको नजिक म सरुँ कसरी?

छिन्छ डोरी छिन्दैन प्रिय मायाजाल
तिम्रै माया जालमा अब म परुँ कसरी?

हामी दुवै मिली रुखको छहारी मुनि बसि
प्रीतिका गीत गाउँथ्यौ,
तिम्रो त्यो दिलमा बजेको गितमा
प्रीतिको धुन म भरुँ कसरी ?

लाउदिन माया भन्थे तिमी संग
झुक्किएर मन पराउन पुगे छु ,
अब तिमीलाई प्रेम प्रस्ताव म राखु कसरी?

तिम्रो त्यो अनमोल सुन्दरताको
लेखेर बयान म गरुँ कसरी,
म गरु कसरी ??

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu