केहि उत्कृष्ट मुक्तक सहित्यहरु भित्र खोलेर पूरा पढ़नुस

Wednesday, 4 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मुक्तक संग्रह(यस्तै रै"छ संसार)
मुक्तक संख्या एक सय एक!
लौ फ्रीमा पढ्नुहोस 101 मुक्तक,
मन परे share गरिदिनु होला!

मुक्तक १..
यो दुनियाॅ के बोल्छ कस्को बिरुद्धमा?
लाटोले मुख खोल्छ कस्को बिरुद्धमा?
सरकार आउॅछ र आगो तापेर जान्छ,
जन्ता टायर पोल्छ  कस्को बिरुद्धमा?

मुक्तक २..
तेरो मेरो भन्दैनन्  जङ्गल  चराहरुले।
खान्छन् एउटै रुखको फल चराहरुले।
आकाशको  बिभाजन कसरि गर्लान्?
गरे भने मान्छेको नक्कल  चराहरुले।

मुक्तक ३..
काटेर  फालौॅ  कि शिर के गरौॅ?
बदल्नलाई  यो तक्दिर के गरौॅ?
मेहनत गरेकै हुॅ मज्दुरी गरेकै हुॅ,
चलेन गुजारा आॅखिर  के गरौॅ?

मुक्तक,4..
एकोहोरो हरबखत सम्झिरहने।
बच्पन अनि बिगत सम्झिरहने।
तिमीले त बिर्सिदिनु भने कै हौ,
कस्तो बस्यो आदत सम्झिरहने।

मुक्तक.5..
नयाँ -बिचारहरुलाई -काम -दिनुहोस!
त्यो पुरानो सोचलाई विश्राम दिनुहोस!
चिप्लियो भने यदि दुर्घटना हुन सक्छ,
ए नेता ज्यु जिब्रोलाई लगाम दिनुहोस!

मुक्तक,6
कोही पर्खाल लगाउछन्  महलमा पनि।
कोही ढुक्क निदाउछन् धरातलमा पनि।
तिम्रो त घरमै पुग्ला  आटो चामल,दाल?
मेरिआमा पालो कुर्छिन् ओखलमा पनि।

मुक्तक,7..
बुवाआमा सॅग सॅगै बच्पन काट्यो।
जवान भयो  छोरा  आगन काट्यो।
छोडी जाने जात हो भन्थे छोरीको,
छोरीकै घरमा बा,ले जीवन काट्यो।

मुक्तक ,8..
आफ्नै  खोइरो खन्न लाज लाग्नु पर्ने हो!
लाग्दै लागेन छ धन्न लाज लाग्नु पर्ने हो!
खुलम खुल्ला गाई काटेर खान्छु भन्नेले,
यार  नेपाली हुॅ भन्न लाज लाग्नु पर्ने हो!

मुक्तक,9..
रहरहरु भए कटौती जिन्दगीमा!
र थपिदै गए  चुनौती जिन्दगीमा!
ए,समय कहिले सम्म चल्छ तेरो?
ज्यादती  एकलौटी  जिन्दगीमा!

मुक्तक,10..
यस्तै रहेछ मायाको  खेल कुरै मिलेन!
तिमी बाटै भयो जालझेल कुरै मिलेन!
भन्थ्यौ तिमी आगो भए म पानी हुला,
तर आज भयौ  मटीतेल  कुरै  मिलेन!

मुक्तक,11..
आफु जन्मिएको माटो चुमी-देखाइदिएॅ।
हेरेर  सॅसार सारा घुमी घुमी देखाईदिएॅ।
स्वर्ग   कस्तो  हुदो  हो  भनेथ्यो  कसैले,
देखाए  मैले  मेरै जन्म भुमी देखाईदिएॅ।

मुक्तक,12..
खाइयो धरै हन्डर ठक्कर आएदेखि।
छोडेर  आफ्नो  गाउॅ  घर आएदेखि।
पुर्खाको  अर्ति उपदेस  कामै लागेन,
हिटलरहरूको  यो  शहर आएदेखि।

मुक्तक,13..
दिनलाई   केनै छ,र  हामी सॅग।
गरिब भरिया सॅग  ज्यामी सॅग।
यो देशका लागी  मर्न  सकिएन,
एउटै गुनासो छ जिन्दगानी सॅग।

मुक्तक,14..
बच्पन तिर फर्केर हेरियो आजपनि।
एउटा पुरानो घाउ भेटियो आजपनि।
मनमा खडेरी परेको बर्षौ भइसक्यो,
आॅखाबाट पानी  दर्कियो आजपनि।

मुक्तक,15..
उ अल्छी छ -भन्छ अभागी निधार छ।
भन बिद्वानहरु हो तिम्रो के बिचार छ?
यहाॅ कसैको भाग्य कसैले लेखि दिदैन,
आफ्नो भाग्य आफै लेख्ने अधिकार छ।

मुक्तक,16..
फुल्यो सेतो भो कपाल के भो त?
नहुनु पर्ने खासै कमाल के भो त?
मन्  कहिले  पनि  बुढो  हुन्न  रैछ,
पुगे  पनि  साठी  साल  के?भो त?

मुक्तक,17..
गाउॅमा घरको छानामा खबर पुग्दैन।
इन्टरनेटको जमानामा  खबर पुग्दैन।
न पत्रकार आउछ न पत्रिका आउछ,
अरे हाम्रो त ठेगानामा  खबर पुग्दैन।

मुक्तक,18..
मिलेर के गर्नु र मन  प्रेमी प्रेमिकाले।
बेकार जोडे  बन्धन  प्रेमी प्रेमिकाले।
लगन जुरेन छ!अनि चिना मिलेन छ,
आत्मा हत्त्या गरेछन् प्रेमी प्रेमीकाले।

मुक्तक,19..
जमिन  छैन--छैन  घर सानातिनाको।
महलमै ठोकिन्छ नजर सानातिनाको।
यो शहर राजा महाॅराजाहरुको रहेछ,
कस्ले  गर्थ्यो  र  कदर  सानातिनाको।

मुक्तक,20..
कहिले नाच्नु पर्छ कहिले नचाउनु पर्छ।
जसरि पनि आफ्नो कला  देखाउनु पर्छ।
कथा हो यार जिन्दगी  अनौठो  कथा हो,
थाहा हुदैन के के भुमिका निभाउनु पर्छ।

मुक्तक,21..
संस्कार नभएको घर-मसान जस्तै हुन्छ।
जब हुन्छ नि मरामर मसान जस्तै हुन्छ।
जात धर्मकै नाममा मारकाट गर्ने हो भने
एक दिन्  यो  शहर  मसान  जस्तै हुन्छ।

मुक्तक,22..
जागिर छैन बेरोजगार छु  भन्नै परेन।
जे नि गर्छु  आग्ज्ञाकार  छु भन्नै परेन।
परिचय माग्यो उस्ले नेपाली हुॅ भन्दिए
मेहनती  छु  इमान्दार  छु भन्नै  परेन।

मुक्तक,23..
कुलतमा फसे,छ  भन्यो छाड्यो।
पिएछ  मात्तिए'छ भन्यो छाड्यो।
किन पिउॅछस् भनि कोही सोद्धैन
उ-त जडिया रहेछ भन्यो छाड्यो।

मुक्तक,24
मर्नु पर्ने हो कति खेर घमण्ड गर्छन्।
बुझेर हुन् वा-नबुझेर घमण्ड गर्छन्।
छैन बिज्ञान पनि आफैमा पुर्ण छैन,
मान्छेहरु अलि पढेर घमण्ड गर्छन्।

मुक्तक,25
हारियो जानी जानी प्यारको मामिलामा।
हैन कच्चा खेलाडी  प्यारको मामिलामा।
लक्ष्य प्राप्तिको बाधक  हो माया भनेको,
सम्झेॅ बुद्धको बाॅणी प्यारको मामिलामा।

मुक्तक,26..
म कुमार तिमी कुमारी के फरक पर्छ?
मन्ले सोच्या गरौॅ प्यारी के फरक पर्छ?
साझा बसमा सबैमिली यात्रा गर्ने न हो,
जो  सुकै  होस  सवारी  के फरक पर्छ?

मुक्तक,27..
न कोही मालिक न कमारा हुन्थ्यो!
यी मान्छेहरुको कस्तो पारा हुन्थ्यो?
सबैलाई सित्तैमा  खान पुगेको भए,
यो--सारा  दुनियाॅ  आवारा  हुन्थ्यो।

मुक्तक,28..
थाहा छ तिमीलाई  पाउन सकिन्न।
तर त्यति सजिलै भुलाउन सकिन्न।
तिमीनै छौ मुटुमा बिस्वास गरे- गर,
यो छाती चिरेर त देखाउन सकिन्न।

मुक्तक,29..
हिम्मत भए  तिमी सि'त राज गर।
कि'राजिनामा देऊ कि'त राज गर।
दिल पनि एउटा सिहाॅसन जस्तै हो,
जित्न सक्छौ भने जि'त-- राज गर।

मुक्तक,30..
जुनदिन देखि हिडडुल गर्न खोजियो।
हो त्यहिदिन देखि भुल गर्न खोजियो।
थाहा थियो पिरती घाटाको ब्यापार हो,
तर पनि लगानी असुल गर्न खोजियो।

मुक्तक,31..
देखेन कमाउने  आधार आउन छाड्यो।
सम्हाल्यो आफ्नै घरबार आउन छाड्यो।
गाऊॅ बस्तिमा भुकम्प आएकै दिन देखि,
कहाॅ गयो गयो सरकार -आउन छाड्यो।

मुक्तक,32..
तिमीलाईनै आफ्नो ठाने अरु पनि थिए
तिमी भन्दा नि हुने खाने अरु पनि थिए
तिमी बाहेक अन्त मन जादै जान्न र पो
छनालाई  त धरै चाहाने अरु पनि थिए।

मुक्तक,33..
आयो उतार चढाब  बेलाबेलामा।
र गरियो धेरै बिलाप बेलाबेलामा।
जेब गरम भए सी भिकारिले पनि,
देखाउदो रहेछ रवाफ बेलाबेलामा।

मुक्तक,34..
सिकायो धेरै कुरा आँखाले पनि।
थप केही सिकायो  पैंसाले पनि।
खल्ती  रित्तिएको  थाहा  नदिनु,
थाहा पाए हेप्ने छ-- गधाले पनि!

मुक्तक,35
मैले आॅखा दिएॅ उपहार,,सोच्दै नसोची।
तिम्ले ऐना पठायौ यार,,,सोच्दै नसोची।
सिसा जस्तै हो यो मन,,भने कै त थिएॅ?
हिर्कायौ पत्थर लगातार,,सोच्दै नसोची।

मुक्तक,36
बहिराहरुलाई-पनि- कान दिनुहोस!
सबैलाई अधिकार समान दिनुहोस!
तिम्ले बनाएको पृथिवी नस्ट हुदैछ,
ए-भगवान धर्तीतिर ध्यान दिनुहोस!

मुक्तक,37..
आफ्नाहरुले  अश्रु  खसाली दिएछन!
दुस्मनले नि मनबाट निकाली दिएछन!
समयले गर्दा क्यै दिन बेपत्ता भएकोथे,
उता प्रीयाको सिँउदो पखाली दिएछन!

मुक्तक,38..
भनि" दिनुहोस केही -राय छ भने!
निस्टुरिलाई" भुल्ने -उपाय छ भने!
सिरब एउटा मृत्यु  दण्ड हुन सक्छ,
तड्पाउनु भन्दा ठूलो सजाय छ भने!

मुक्तक,39..
तिमीले बोली दिदा आवाज बढी आउँछ!
मिसिन पनि बिग्रीदा आवाज बढी आउँछ!
ठूलो स्वरले बोल्यौ तिम्रो  औकात,था भो,
रित्तो भाँडा ठोकिदा आवाज बढी आउछ!

मुक्तक,40..
कोही छुटिन्छ कसै संग,भेट हुन्छ!
कथा हो यो जिन्दगी केरमेट हुन्छ!
सहजै अाउछन् जान्छन् जो कोही,
न दिलको ताला हुन्छ न गेट हुन्छ!

मुक्तक,41..
आफै कमाउन थालियो अनि बुझियो।
खुन र  पसिना  बेचियो अनि बुझियो।
धनभन्दा मन ठुलो भन्दै हिँड्थे उ बेला,
बाउको सम्पति सकियो अनि बुझियो।

मुक्तक,42.
अमूल्य भन्थे सस्तै-रहेछ जिन्दगी!
जसरी हेरियो उस्तै -रहेछ जिन्दगी!
कती दिन चल्ने हो केही भर नहुने,
चैना मोबाइल जस्तै-रहेछ जिन्दगी!

मुक्तक,43
हेर्नुहोस एकचोटी मागी,ज्यान दिन्छु!
सांसारिक सु:खहरु त्याँगी,जान दिन्छु!
आज उहीँ ज्यानको  दुस्मन बनेकोछ,
भन्थ्यो जस्ले तिम्रो लागि,ज्यान दिन्छु!

मुक्तक,44.
बचाउने भन्दा पनि मार्ने ठूलो भएपछी!
मान्छेको मानसिकता"नै लुलो भएपछी!
चोरी डकैती हत्त्या हिँसाले सिमा नाग्छ,
देशको नियम कानुन खुकुलो भएपछी!

मुक्तक,45..
जीवन सकियो जीवन नबुझेर।
सिद्धि सक्यो बालापन नबुझेर।
पढ्न त जिन्दगी पढेरै सकियो,
हैरान भाछु" तिम्रो-मन नबुझेर।

मुक्तक,46.
बाॅचि रहे सम्म ज्यान सकिदैन
नपुगे  सम्म  चिहान  सकिदैन
बाॅडी रहनुहोस झन् झन् बढ्छ
बाॅडेर  कहिल्यै  ज्ञान सकिदैन

मुक्तक,47..
आउॅन पाइॅन यसपाली कस्लाई दोष दिनु?
हुने भयो निधार खाली कस्लाई दोष दिनु?
सोचे भन्दा ठिक उल्टो भैदिन्छ जहिले नि
आफ्नै भाग्य जन्जाली कस्लाई दोष दिनु?

मुक्तक,48.
भन्छन्  ठुला बडा  परालको आगो हो!
भैदिन्छ चुनौती खडा परालको आगो हो!
जलाउछ  पक्कै  पनि क्षति  त  हुन्छनै,
हुन् त घरको झगडा परालको आगो हो!

मुक्तक,49..
चाहे जति सके जति,,जे माग्छौ माग!
भई दिऊॅला सहमति,,जे माग्छौ माग!
सधै पुरुषकै दोष नदेखाऊ नारीहरू,
तिम्रै त छ रास्ट्रपति,,जे माग्छौ माग!

मुक्तक,50..
दानबहरुलाई मात्र ,माला माल रहेछ!
स्वर्ग भन्थे भन्नेले,,नर्ग"कै हाल रहेछ!
कयौँ भोका प्यासाहरु सडकमा भेटिए,
गाउँ भन्दा  पनि शहर,, कङ्गाल रहेछ!

मुक्तक,51..
कि-त जित हुन्छ कि हार हुन्छ।
दुस्मन सॅग सिधै प्रतिकार हुन्छ।
डर लाग्छ त उसैको लाग्छ मलाई,
जो सॅग बिस्वास हुन्छ प्यार हुन्छ।

मुक्तक,52.
कोही  कोही  जुवाको खालमा होलान् यतिबेला।
अनि  कोही  जाॅडको  तालमा  होलान् यतिबेला।
क्या  रमाइॅलो  माहोल होला हुने  खानेको,घरमा
आफ्ना त बाल बच्चा बेहालमा होलान यतिबेला!

मुक्तक,53..
कति सामान गयो कति ज्यान गयो?
यहि बाटो भएर  ठूलो  तुफान गयो!
धन दौलत गया भए क्यै थिएन बरु,
तर इज्जत गयो आत्मासम्मान गयो!

मुक्तक,54..
हृदयमा ठाउँ  ठाउँदुख्छ अझैपनि!
खै कस्लाई देखाउॅ दुख्छ अझैपनि!
बर्षौ पैला कसैले बचनले हिर्काएको,
त्यही पुरानो -घाउ  दुख्छ अझैपनि।

मुक्तक,55..
जहाॅ किसान छ -र खेतबारी छ!
त्यहि ठाउॅमा  धेरै भोकमारी छ!
खडेरिले गर्नु गर्यो यो साल पनि,
अन्न छैन घरमा रित्तो भकारी छ!

मुक्तक,56.
नजाउँ भन्छु तर  मन जान्छ  नजर जान्छ!
यो त्यहिबाटो हो जो निस्टुरिको घर जान्छ!
बझाङको टेलिफोन जस्तै भयो हाम्रो माया,
जो दुइदिन आउँछ दुइमहिना टावर जान्छ!

मुक्तक,57..
आफ्नो छुट्टै दुनियाँ बसाल्न गाह्रो हुन्छ!
आफ्नै घरपरिवार  सम्हाल्न गाह्रो हुन्छ!
एउटि आमा चार छोरा सजिलै पाल्छिन,
चार छोरालाई एउटि आमा पाल्न गाह्रो हुन्छ!

मुक्तक,58.
यस्तैछ सदियौँ देखि,चलिआको पनि!
अलि ख्याल गर्नै पर्छ,परम्पराको पनि!
नास्तिकहरुलाई आँस्तिक बन्न सिकाउ,
चलीरहोस न, गुजारा  देवताको पनि!

मुक्तक,59..
न  कहिले  केही, अवसर  आयो!
आयो अभाब मात्र,सधैँभर आयो!
आधा जिन्दगी बितेको पत्तै पाइँन,
न शिङ्ग आयो न,त,,पुच्छर आयो!

मुक्तक,60..
हुनेछ एकदिन पर्दाफास,समयले बताउँनेछ!
सत्य तत्थ्य कुरा खास,,समयले  बताउँनेछ!
भन्नलाई त,,तिम्रो लागी ज्यानै दिन्छु भन्छौ,
माया हो"या,यौन प्यास?समयले बताउँनेछ!

मुक्तक,61.
पाल्न आफ्नो जहान कहाँ जान्छ जान्छ!
बोकेर भरिया सामान कहाँ जान्छ जान्छ!
साँझ पख   दुईप्याक  स्वाट्ट,,लगाए पछि,
दिन  भरिको थकान  कहाँ जान्छ जान्छ!

मुक्तक,62.
बर्सातको  छ सिजन,,बरालिदै हिँड्छ!
छोडेर  घरको आगन,,बरालिदै हिँड्छ!
अलि पढेलेखेको ब्यरोजगार युवा जस्तै,
कहाँ  कहाँ जान्छ मन,,बरालिदै हिँड्छ!

मुक्तक,63
भइनौ भने पनि मेरी चित्त बुझाउॅला!
सम्झाउॅला मन फेरि चित्त बुझाउॅला!
गुमाउॅनुमा जति मजा पाउनुमा हुदैन,
त्यसैले टाढैबाट हेरि चित्त बुझाउॅला

मुक्तक,64.
छोडेर यो देश देशको सीमा हिडी रहेछन्।
मुसाफिर जस्तै जिन्दगीमा  हिडी रहेछन्।
देशलाई अन्धकारमा छोडेर उज्यालाहरु,
स्वयम उज्यालोको खोजिमा हिडी रहेछन्।

मुक्तक,65.
हर्स थियो बच्पनमा  र उल्लास थियो!
जे पर्छ त्यहि टर्छ भन्ने  साहास थियो!
घरबारीको झमेलामा बेकार फसिएछ,
जिन्दगी त एक्लै एक्लै बिन्दास थियो।

मुक्तक,66.
ब्यर्थ हो यो सब कुरिती थाहा हुदो होत!
अनि यो कालको निती थाहा हुदो होत!
धर्मातमा हुन्थ्यो होला  यो संसार सारा,
मान्छेलाई  मर्ने  मिती  थाहा हुदो होत!

मुक्तक,67..
जिन्दगीभर् दैवले पीडै पीडा दिएकोछ!
हेर्नु होस चुनौती पनि अनौठा दिएकोछ!
काॅडै  काडाॅ राखेर यी हिड्ने बाटो भरि,
न चप्पल दिएकोछ  न' जुत्ता दिएकोछ!

मुक्तक,68
संस्कार सिकाउन आउछ गधाले पनि!
र तिम्रै  खिल्ली  उडाउछ गधाले पनि!
घरको झगडा कहिल्यै  बाहिर  नलिनु,
उपदेश दिने मौँका पाउछ गधाले पनि!

मुक्तक,69..
असल भनौँ या खराब  उस्तै हो!
जब जब बढ्छ तनाब  उस्तै हो!
छिन्मै बद्लिने  बुझ्नै   नसकिने,
मन र मौसमको स्वभाव उस्तै हो

मुक्तक,70..
देख्नै  हुन्न  आई  माई   चित्त बुझिदैन।
अलि अलि नजिस्क्याई चित्त बुझिदैन।
घरमा आमा आफु नखाई खुवाउछिन्,
छोरालाई चप्पल नखाई चित्त बुझिदैन।

मुक्तक,71..
सपनाहरु सिसा झैं- टुक्रीदा पनि!
उदेक लागेर आउँछ सझिदा पनि!
हाँसी हाँसी जाउ लैजाउ भनिदिएँ,
आफ्नै मुटु कसैले चुँडी लिदा पनि!

मुक्तक,72.
छाऊपडि  आए भने--बर्बाद हुन्छ।
भित्तामा  टेकाए भने--बर्बाद हुन्छ।
आमा भन्छिन् गोठमै सु'त नानिहरु
देवि देवता रिसाए भने-बर्बाद हुन्छ।

मुक्तक,73.
दिगो हुन्थ्यो प्रेम केको बुझ्ने कुरा हो।
जवानीको मात चढेको बुझ्ने कुरा हो।
प्रेमीका लागी ज्यान दिन्छु भन्छ जस्ले,
आमाको माया त्याॅगेको बुझ्ने कुरा हो।

मुक्तक,74
सॅघर्षमै  बिताउछन् जिवन  माहुरि जस्ता!
मिलिबस्छन् मिलनसार झन् माहुरि जस्ता!
यो देशलाई घार जस्तै बनाउनुस सरकार,
देश बासिहरु पनि छदै छन् माहुरि जस्ता!

मुक्तक,75
भन्यो पाउनु पर्छ हक हेर्यो बस्यो।
भईकन सधैभर दर्शक हेर्यो बस्यो।
यो देश नेताको रंङ्गसाला जस्तै भो,
जनताहरुले त नाटक हेर्यो बस्यो।

मुक्तक,76.
लडाएर पटक पटक उभिन सिकायो।
सॅघर्षको मैदानमा यो उत्रिन सिकायो।
धन्यवाद छ पछिबाट  खुट्टा तान्नेलाई,
किन कि मलाई सधै दौडिन  सिकायो।

मुक्तक,77.
पत्तै नदिई कोही आयो गयो।
केहि दिन् बस्यो रमायो गयो।
सोचेर यो दिल कुनै रंग मञ्च,
आफ्नो  कला  देखायो गयो।

मुक्तक,78
न त हाॅस्नकालागी  पिउछु न रुनकालागी!
म त पिउने गर्छु केवल बेहोस हुनकालागी!
धोका पाउन जरुरी  छैन  पीडा हुन जरुरी छैन,
निहुॅ नपाएकै निहुॅ काफीछ पिउनकालागी!

मुक्तक,79
संकटमा छ जन्मथात- यस्तो बेलामा।
सोची रहन्छु  दिनरात -यस्तो बेलामा।
छिमेकीले शक्तिको प्रदसन् गरिरहेछ,
हर्स मनाउॅ कि बिस्मात-यस्तो बेलामा?

मुक्तक,80.
डराउनै  पर्दैन  कहिले अब  मैलेॅ सैतान सॅग।
हर सॅकटको सामना गर्न सक्छु आसान सॅग।
निधार माथि टिका लगाई तिहारमा बहिनिले।
मेरोलागी लामोआयु मागेकी छे भगवान सॅग!

मुक्तक,81
न काॅडा भयो' न फूल जीवन फरक भाछ।
कहाॅ  नेर भएछ  भुल?जीवन फरक भाछ।
सपनाहरु  सबै अधुरा भैदिए अपुरा भैदिए,
सोचेको भन्दा बिल्कुल जीवन फरक भाछ।

मुक्तक,82
बन्द हड्ताल चक्काजाम काफी थिए।
भ्रष्ट दलालहरुका  काम काफी थिए।
किन आईस् भुकम्प देश भत्काउन त,
यो देशका नेताहरु तमाम काफी थिए।

मुक्तक,83
गरेर देखाउॅनु पर्छ  बोलेर मात्र केहि हुदैन।
भाई भाईमा दुस्मनि मोलेर मात्र केहि हुदैन।
नयाँ देश निमार्ण गर्न जोस जागर चाहिन्छ।
नयाॅ नयाॅ पार्टीहरु खोलेर मात्र केहि हुदैन।

मुक्तक,84
उनले जे जे सोधिन् सरासर भनिदिएॅ।
उनका प्रत्यक  प्रश्नको उत्तर भनिदिएॅ।
सॅसारमा सबैभन्दा सुन्दर केछ भनिन्,
मैले आफ्नै आॅखा भनेॅ नजर भनिदिएॅ।

मुक्तक-85
आउ यो मनमा आउन पैॅसा लाग्दैन।
आॅखा आॅखा जुधाउन पैॅसा लाग्दैन।
अभाबले हाॅस्नै दिन्न भन्छ्यौ तिमी,
मैले जस्तै मुस्कुराउन पैॅसा लाग्दैन।

मुक्तक,86
ढुङ्गालाई  बलि दिने आदत उस्तै छ।
चढाउछन् फूलपाती हरबखत उस्तै छ।
निश्चल मनले मागेको पुग्छ भन्थे बाले,
बर्षौ देखि  पुजारीको  हालत उस्तै छ।

मुक्तक,87
ढुक्ढुकी बढेको थाहै भएन।
यो मुटु दुखेको  थाहै भएन।
हरपल तिमीलाई सम्झिदा,
दुनियाॅ भुलेको  थाहै भएन।

मुक्तक,88.
हेर मेरि मनकी रानी तिमी सथमा भए!
दु'ख पीर क्यै नमानी,तिमी साथमा भए!
सडकमै किन नहोस हाॅशी खुशी रमाएर,
बिताउॅला जिन्दगानी,,तिमी साथमा भए!

मुक्तक,89.
रुढिवादी परम्परा -हो यो मन पर्दैन।
नारीमाथि अन्याय भएको मन पर्दैन।
कि यो चलन हटाउ कि मलाई बचाउ,
ईश्वर मेरि प्रियलाई - सेतो मन पर्दैन।

मुक्तक,90..
जो चोर उस्कै ठुलो -स्वोर भएपछि!
मान्छेको नियत नै फोहोर भएपछि!
ढोकामा कुकुर  पालेर के हुन्थ्यो र,
आफ्नो घर भित्र कै,,चोर भएपछि।

मुक्तक,91
जिन्दगी भर्  झमेलै झमेला पर्यो!
निधार खोटो हो वा हत्केला पर्यो!
कृष्ण पाउॅ भनि  तिजमा वर्त बसेॅ,
तर बर्दान स्वरुप कंश फेला पर्यो।

मुक्तक,92
बाढी आएको छ घर बगाएको छ!
बस्तिहरुमा- सन्नाटा --छाएको छ!
पीर नगर्नुस एउटा पाल पठाउॅला,
सरकारले यहि खबर पठाएको छ!

मुक्तक,93.
बिदेश तिर पाइॅला चालेको बर्षौ भयो!
जसो तसो मन सम्हालेको  बर्षौ भयो!
आउ यादहरु हो आउ म निदाएको छैन,
हो यहि गित गाउॅन थालेको बर्षो भयो!

मुक्तक,94..
बल्झिएला बिगत बिन्ती नपठाउनु!
होला मुटु भतभत बिन्ती नपठाउनु!
मुर्छा पर्लिन तिम्री प्यारी ए परदेशी,
धागोमा बेरेर खत बिन्ती नपठाउनु!

मुक्तक,95
छुट्नेहरु भन्छन् पीडा अधिक हुन्छ!
हु'न त बिछोडकै कथा मार्मिक हुन्छ!
दुई दिनलाई हो भने त लाउदै नलाउ,
झुटो माया सानू  नलाकै ठिक हुन्छ।

मुक्तक,96.
भेटिएका मान्छे हरेक चिन्न सकिदैन!
झन् भित्रै देखि त एक चिन्न सकिदैन!
छेपारोले जस्तै रङ्ग फेर्छन् मान्छेहरु
मान्छे  एक रुप अनेक चिन्न सकिदैन!

मुक्तक,97..
सायद भएर पनि  मानिस गरिएन!
कसैको रिस कसैको खिस गरिएन!
जिन्दगिको अर्को नाम संघर्ष रहेछ,
कहिले पनि बुझ्ने कोसिस गरिएन!

मुक्तक,98..
चाहिदैन लाखौ   धन  यत्तिभए  पुग्छ!
सुखमय बनोस जिवन यत्तिभए पुग्छ!
यहि आशिस  दिनुस बा-आमा मलाई,
बन्न सकियोस सज्जन यत्तिभए पुग्छ!

मुक्तक,99.
पाइॅने हैनन् जोतेर बारी कहाॅबाट ल्याउछौ!
सीता जस्तै सब्भ्य नारी कहाॅबाट ल्याउछौ!
छोरी हुदा गर्भमै फाल्नेलाई मेरो एउटा प्रश्न,
भन - तिमिले --बुहारी  कहाॅबाट ल्याउछौ!

मुक्तक,100.
कति छ मन्मा जलन थाहा नपाउन्!
आफ्नाहरुले त  झन थाहा नपाउन्!
अश्रु झरोस बरु पीडा पखालियोस,
तर  कहिल्यै दुस्मन थाहा  नपाउन्!

मुक्तक,101.
जता हुन्छ गहिरो थाहा थियो!
उतै जान्छ पहिरो थाहा थियो!
चिच्याएँ गुहार मागेँ फेरि पनि,
ईस्वर हुन्छ बहिरो थाहा थियो!

©® दिनेश नौपन्य द्वारा साभार

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu