सहकर्मी ,
तिलोचन गौतम,,
गत सनिवार र आइतबार मलेसियाको क्वालालम्पुर स्थित टिटि टेइवाङ्स स्टुडिएम मा भएको सेलेनाइट
अन्तर्राष्ट्रिय कराते कप मार्च २०१८ सप्पन्न भएको छ । कार्यक्रम लाई गत शुक्रबार प्यासिफिक सितोरिया कराते का अध्यक्ष (स्थानीय बासी ) दातो टि पोनिया ले औपचारिक उत्घाटन गरेका थिए ।
अन्तर्राष्ट्रिय कराते कप का लागि नेपाल बाट मलेसिया आएका खेलाडी ले निकै राम्रो खेल प्रदर्सन गर्दै कास्य पदक हात पारेका छन । ४७ किलोग्राम भन्दा तल को तौल मा नेपालको तर्फबाट मतिना महर्जनले विलो क्याडेडमा रजत पदक प्राप्त गरेकि थिइन ,त्यसैगरी ५५ किलोग्राम भन्दा तल तौल समुह बाट तुलाराम धामीले कास्य पदक जिते । ८४ किलोग्राम तौल समूह मा पनि शेखर श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन ।
८४ किलोग्राम भन्दा माथीको तौल समुह मा पनि भिम बहादुर महरले कास्य पदक जितेका छन । ग्रुपिङ फाइटमा पनि राम तामाङ,दोर्जे तामाङ,नोर्बु तामाङ र भिम बहादुर महरले कास्य पदक जितेका छन ।
गत आइतबार सम्पन्न खेल मा रेफ्रीको भुमिका अन्तर्राष्ट्रिय नेपाली रेफ्रीहरु श्याम शेर्पा, विशन सिंह खड्का,योगेन्द्र कोइराला,रामकृष्ण तामाङ लामा र लक्ष्मी क्षेत्री थिइन। टिटी वाङसार स्टुडिएम मा भएको उक्त कार्यक्रम नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखे को विशेष आथित्यता मा सम्पन्न भएको थियो । कार्यक्रम मा नेपाल हायसी-हा कराते संघका अध्यक्ष शिवराम राजवङ्शी अतिथि रहेका थिए।
कार्यक्रम मा नेपाल हायसी-हा कराते संघका अध्यक्ष शिवराम राजवङ्शी अतिथि रहेका थिए । प्रतियोगितामा नेपाल ,ईन्डिया,श्रीलंका,इन्डोनेशिया,सिङापुर,मलेशिया ,बाङ्लादेश र फिलिपिन्स का खेलाडी हरु को सहभागिता थियो ।