हमार सनेश सहकर्मी ,,
नवलपरासी:= थारु कल्याणकारिणीसभा (थाकस) को भातृ संगठन थारु युवा सभाको केन्द्रीय अध्यक्षमा पुनः कानूनलाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवलपरासीमा शनिबार सम्पन्न तेस्रो महाधिवेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
सभाको सात उपाध्यक्षमा क्रमशः रमेश चौधरी, पवन थारु, जोगमाया महतो, सोहनप्रसाद थारु, विलाई चौधरी, श्यामबहादुर चौधरी रहनुभएको छ । एकजना उपाध्यक्ष पछि बैठकले मनोनित गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । प्रदेशस्तरीय उपाध्यक्षका लागि सातजना उपाध्यक्ष कायम गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, सभाको महासचिवमा चञ्चल चौधरी, तीन सचिवमा पुष्पा गुजार चौधरी, राजकुमार माझी थारु र रामस्वागत चौधरी निर्वाचित हुनुभएको छ । सभाको कोषाध्यक्षमा पीताम्बर महतो थारु चयन हुनुभएको छ।
(२०७२ भाद्र ७ गते भएको टीकापुर घटनामा आरोपितहरु निर्दोस रहेकाले तत्काल जेलमुक्त गर्न माग सभाले गरेको छ । त्यस्तै, थाकसको विधानलाई महाधिवेशनअघि सशोधन गरी कार्य समिति युवामैत्री बनाउन सभाले माग गरेको छ ।)
सोहीअनुसार सदस्यहरुमा सत्यनारायण चौधरी, दोलाराम चौधरी, नजिहा पन्जियार थारु, श्रीनिवास चौधरी, सम्झना चौधरी, जीवन धामी थारु, सिकेदकुमार सिंह थारु, तेजनारायण चौधरी, निहोश चौधरी, नविनचन्द्र चौधरी, मिना चौधरी (पूर्व सांसद, कैलाली), श्रवणकुमार थारु रहनुभएको छ ।
अध्यक्ष चौधरीकाअनुसार पहिलो बैठकले १५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । त्यस्तै, २०७२ भाद्र ७ गते भएको टीकापुर घटनामा आरोपितहरु निर्दोस रहेकाले तत्काल जेलमुक्त गर्न माग सभाले गरेको छ । त्यस्तै, थाकसको विधानलाई महाधिवेशनअघि सशोधन गरी कार्य समिति युवामैत्री बनाउन सभाले माग गरेको छ ।
युवा सभाको महाधिवेशनको उदघाटन थाकसका उपाध्यक्ष कनुलाल चौधरीले गर्नुभएको थियो । कार्यक्रममा राजकुमार लेखी, रामलाल चौधरी, विश्राम महतो लगायत थारु अगुवाहरुको उल्लेखनीय सहभागिता थियो ।