प्रवास : परदेशी पिडा ब्याथाको गजल........

Sunday, 25 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

प्रवास : परदेशी पिडा ब्याथाको गजल:
लेखक:=थारु युवा साहित्यकार सुरेश चौधरी

हामी के भनेर आयौं  होला प्रवास ,
सायत कसैलाई न होला बिश्वास,

प्रवास को केही तितामीठा उपवास,
हामी यस्तै पिडाबोकि लुकाउछौ हृदयका राज,

आँसुको धार लुकाइ रुदै हजार दु:ख छ परदेश मा ,
सकिने नसकिने काम गर्नुपर्ने हुन्छ परदेश मा,

यहाँ पैसाको बोट हुदैनन् टप्प टिपने परदेश मा ,
पसिनै पसिना संग श्रम साट्नु पर्छ परदेश मा ,

बा आमा सोध्छन कस्तो छ बाबू परदेश मा ,
सबै दु:ख ब्याथा लुकाइ ढाट्नु पर्छ परदेश मा,

पाइदैन खोले सिस्नो आमाले पकाएको परदेश मा ,
सडेगलेको खानेकुरा फ्रीजको खानुपर्छ परदेश मा ,

जन्मदिने आमाबुवा को याद आउँछ परदेश मा
दुख सुख सङ्गै बस्ने साथिसंग साट्नै पर्छ परदेश मा,

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu