हमार सनेश सहकर्मी ,,
मलेसिया := मलेसिया देश ! जहाँ करीब ७ लाख नेपालिहरु कार्यरत छ्न ति हरेक नेपालीहरु आफुलाई दिनप्रतिदिन असुरक्षित ठानिरहेका छन र मलेसिया लगायत अन्य देशमा कार्यरत हरेक ब्यक्तिको मनमा एउटै सवाल छ , कहिले सम्म बिदेश बस्ने र बिदेश बाट फर्केपछि नेपालमा के गर्ने ?
नेपाल् सरकारले विभिन्न योजनाहरुको घोषणा गरेपनि केवल कागज मा सिमित छ्न र अधिकांस योजनाबाट लाभ प्राप्त गर्न धेरै कठिन रहेको मलेसियामा बस्ने र नेपाल् फर्कीसकेका प्रायजसो नेपालीयुवाहरू बताउँछन।
यसैबिच मलेसियामा बस्ने थारु युवाहरूले नेपालमा थारु ट्रेड सेन्टर खोल्ने तयारी गरिरहेका छन ।अङ्ग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर प्रवासी थारु सेवा समाज मलेसियाका अगुवाहरुको विशेष छलफल सम्पन्न भएको छ।
सो छलफलमा मलेशियामा कार्यरत थारु युवालाई स्वोरोजगार बनाउने उदेश्यले ,आर्थिक क्रान्तिको साथ अगाडि बढ्दै १ करोडको लगानीमा फेन्शि,गिफ्ट र कस्मेटिकको थोक तथा खुद्रा ब्यापार संचालन गर्ने योजनाको साथ लागीपरेका छ्न।
सो ट्रेड सेन्टर संचालनको नेतृत्व प्रवशी थारु सेवा समाज मलेसियाका केन्द्रिय अध्यक्ष मनिराम थारुले गर्ने र तालीम सम्बन्धि कार्य संस्थाका वरिष्ठ-सल्लाहकार रमेश कुमार पजियार थारुले गर्नुहुने तयारी सञ्चालन समितीको सदस्य ,थारु समाज मलेसियाको संस्थापक/संरक्षक,सामाजिक अभियन्ता तथा पत्रकार आरएन चौधरी थारुले बताए ।
ट्रेड सेन्टर मलेसियामा बस्ने थारुहरुको सयुक्त लगानीमा संचालन हुने र सो ट्रेड सेन्टर सदस्यता वा लगानी को लागि हरेक सदस्य ले कम्तीमा ४०० मलेशियन रिंगेट नेपाली ११,००० रुपैया जम्मा गर्नु पर्ने प्रावधान रहेको छ।
ट्रेड सेन्टरको लागी संस्थाका वरिष्ठ-सल्लाहकार पजियारले सुरुमै कममा २ लाख नेपाली रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने ३ लाख नेपाली रुपैया लगानी गर्ने जानकारी दिनु भयो।
तेस्तै संस्थाका बर्तमान अध्यक्ष मनिराम थारुले मलेसियाबाट नेपाल् फर्किसकेका र मलेसियामा कार्यरत रहनु भएका बढी भन्दा बढी थारु युवा,युवतीहरूलाई सहभागिताको लागी हार्दिक आह्वान गरेको छ।
यस ट्रेड सेन्टर सम्बन्धि थप कुनै पनि जानकारी लिनुपरेमा मनिराम थारु +6019-7936843, रमेश कुमार पजियार थारू - +60142114705,पर्शुराम थारु - +60124707478 ,आर एन चौधरी थारु :-+601111877340 मा सम्पर्क गर्न सकिने छ।