मेयर द्धारिकलाल चौधरीले कुटेका रामप्रसाद चौलागाईंको यत्रो अकुत सम्पत्ति ? कसरी ?

Sunday, 2 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
इटहरी := इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईलाई हातपात गरेको चर्चा उत्कर्षमा छ । हातपातसँगै मेयर चौधरीले खानेपानी भित्रको भ्रष्टाचारको विषय किटान गरेका छन् । त्योसँगै मेयरले चौलागाईको आर्थिक हैसियतमा पनि प्रश्न उठाएका छन् । स्वयंम मेयर चौधरीले नै उनी माथी गम्भिर आरोप लगाए पछि आम सर्वसाधराण नगरबासीको मनमा पनि यो प्रश्न उठेको छ ।

आखिर के साँच्चै रामप्रसाद चौलागाई भ्रष्टाचारी हुन ? कि त्यो आरोप मात्रै हो ? उनको आर्थिक हैसियत विगतमा कस्तो थियो ? १३ बर्ष खानेपानी संस्थाको अध्यक्ष भएकै कारणले उनी हालको आर्थिक हैसियतमा पुगेका हुन ? वा उनको अरु कुनै स्रोत छ ? जो अरुलाई थाहा छैन ? यी अनुत्तरित प्रश्नहरुले आम नगरबासीको मन उकुसमुकुतले भरिएको छ ।

कस्तो थियो रामप्रसादको आर्थिक विगत ? उनसँग नजिक भएका, उनलाई जान्ने जानकारहरु यसो भन्छन् । रामप्रसाद चौलागाइको आर्थिक अवस्था दर्विलो थिएन । उनी सामान्य किसान परिवारका छोरा हुन । इटहरीको जनता क्याम्पस छेउमा घर भएका उनको परिवारले खेतीपाती गथ्र्यो । पछि उनले खेती बाहेक काठ मिल खोलेर व्यापार सुरु गरे ।

आर्थिक अवस्थ कमजोर भएकाले जनता क्याम्पस इटहरीको सञ्चालक समिती सदस्य भएको बेला सेट्टिङ मिलाएर उनले श्रीमतीलाई जागिरमा लगाए । क्याम्पसको पुस्तकालयमा जागिर खुवाउन उनी सफल भए । पछि आफ्नै बहिनीको विवाह नेपाली काङ्ग्रेसका नेता चक्र प्रसाद बास्तोलाका छोरासँग भयो । काँग्रेस सरकारमा गएको बेला फेरी उनले श्रीमतीलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत हात्तिसार क्याम्पसमा जागिरमा लगाउन सफल भए ।

काठमिल सञ्चालन गर्दा टेन्डर अरुलाई भर्नै नदिएर, पावर लगाएर आफैले ठुला ठुला टेण्डर पारेर काम गरे । त्यो बेला उनको आर्थिक हैसियत थोरै सुद्रिएको जानकारहरु बताउँछन् । तर जब उनी इटहरीको खानेपानीमा अध्यक्ष भए त्यस पछि उनको प्रगती दिनको दुई गुना रातको चौगुना भएको उनलाई नजिकबाट चिन्ने जो कोही बताउँछन् । उनी सँग अकुत सम्पती छ ।

कागज पत्र मिलाएर कमिसन खाने गरेको कतिपय उनीसँग नजिक भएका साथीहरु बताउँछन् । मेयर चौधरीले पनि यो विषय तर्फ संकेत गरेका छन् । पटक पटक उनले भष्ट्राचार गरेर अकुत सम्पती कमाएको कुरा उठ्छ,तर यी मौन रहन्छ्न । झण्डै ६ । ७ वर्ष अघि तत्कालिन माओवादी पार्टी र नेपाली काँग्रेस इटहरीले इटहरी खानेपानीमा भ्रष्टाचार छ भन्दै आन्दोलन नै गर्यो । दुई पार्टीको आन्दोलन हुँदा चौलागाई चुप बसे । उनलाई पाटिले राम्रै साथ दियो । त्यो बेला आन्दोलनमा उत्रिएका केही व्यक्तिलाई अन्य व्यक्ति लगाएर पैसाको अफर गरे । त्यो र्फमुलाले काम गरेन । तर त्यो आन्दोलन त्यसै तुहियो । उनी बचे । उनले त्यो आरोप टारेको टार्यै पारे ।

तर अहिले पुनः त्यो विषय अगाडि आएको छ । ठाउँ नै तोकेर उनले भष्ट्राचार गरेको आरोप लगाईएको छ । हिजोको जस्तै अर्कै पार्टीले हैन उनकै पार्टीका जिम्मेवार व्यक्तिले त्यो आरोप लगाएका छन् । उनकै पार्टीका उम्मेदवार भएर उनैले भोट हालेर मेयर भएका 
द्धारिकलाल चौधरीले नै खानेपानीको पाइप विच्याउदा,पाइप खरिद गर्दा, ट्यांकी निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाए । मेयरले आरोप मात्रै लगाएनन् बरु सार्वजनिक रुपमा भ्रष्टाचारीलाई कुटेँ भने सार्वजनिक नै गरे ।
[भ्रष्टाचारी कुट्ने मेयर द्वारिकलाल चौधरी]

अब मेयरले नै स्पष्ट भने पछि नगरबासीले कसरी बुझ्ने ? कुनै राजनितिक अभिष्टको प्रोपगाण्डा वा घटना भित्रको वास्तविक रहस्य । नगरबासी यो जान्न चाहान्छन् । तर शंका चाँही राम प्रसाद तर्फै बढेको छ । इटहरी ५ जनता क्याम्पस नजिक खोला छेउको ऐलानी जग्गा समेत अतिक्रमण गरि महल बनाए पछि चौलागाईकोे आर्थिक हैसियत माथी थप प्रश्न उब्जाएको छ । विगत १३ बर्ष खानेपानीको अध्यक्ष भएकै कारणले उनको आर्थिक हैसियत यहाँ सम्म पुगेको हो ? वा उनको अरु केही आर्थिक स्रोत छ ?

पछिल्लो मेयरको हातपात काण्ड पछि केही प्रश्नहरु राम प्रसाद र मेयर चौधरी प्रति तर्फ तेस्रीएका छन् । के रामप्रसाद चौलागाइले भष्ट्राचार गरेकै हुन ? मेयर द्धारिकलालले लगाएको आरोप प्रमाण सहित पुष्टि गर्न सक्लान ? के राम प्रसाद स्वयंम, आफुले भ्रष्टाचार नगरेको प्रमाण पेश गर्दै मेयरलाई गलत सावित गर्न सक्लान ? भष्ट्राचार र हातापात काण्ड दुई वीचको व्यक्तिगत,राजनितिक अभिष्ट प्रोपगाण्डाको भण्डाफोर हो ? वा भित्री रहस्यको वास्तविकता ? यो आम नगरबासीको प्रश्न हो ? जसको जवाफ मेयर चौधरी र अध्यक्ष चौलागाईले दिनुपर्छ ।

यहाँ प्रश्न अझै छन् । हिजो निर्वाचनमा भोट माग्दै हिडेका रामप्रसाद र द्धारिकलाल वीच एक्कासी दुश्मनी कसरी भयो ? किन भयो ? हिजो मित्रवत तवरले जग्गामा संयुक्त लगानी गरेका द्धारिकलालले व्यापारमा कतै रामप्रसादबाट धोका पाएर हातपात र आरोप लगाएका त हैनन् ? जे हो त्यसको वास्तविकता बाहिर आउनै पर्छ । दुवैले घटनाको पुष्टि गर्न नसके इटहरीवासीबाट विश्वास उड्ने छ । इटहरी काँग्रेसले पनि हिलोपानीमा माच्छा मार्ने सोचले उठाएको भ्रष्टाचार छानविनको माग पत्रकार सम्मेलनमा मात्र सिमित रहे । त्यो काँग्रेस इटहरीको लागि अनुत्पादक हुन सक्छ ।

भ्रष्टाचार भएको ठहर्याउन नसके सम्पती शुद्धिकरण आयोगमा मेयरले वा इटहरी नगरवासी कसैले उजुरी हाल्लान वा नहाल्लान ? यो विषयले निकास पाउला वा इतिहासको गर्भमै विलाउला ? तर नगरबासीको मनमा भने सँधै रहने नै छ हैन र?                
(source :-sancharpati बाट) 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu