रौतहट जिल्लाका बाढी,पीडितलाई मिस्टर र मिस थारु टिमले गरे राह्त वितरण ।

Sunday, 28 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रौतहट:=अविरल वर्षाको कारण आएको बाढी र पहिरो बिनासमा रौतहट जिल्ला फटुहा नगरपालिका  वडा नम्बर ०८ का १५० घरधुरी परिवारलाई जह इनटरटेनमेन्ट  र याक इभेन्टसको संयुक्त  आयोजनामा मिस्टर र मिस थारु टिम सहित राहत वितरण गरेका छन् । एक्दमै दुर्गम ठाउँमा राहत वितरणको लागि गएको टिमलाई  स्थानीय वासीले स्वागत गरेका थिए ।

हामी यो संसारलाई राम्रो ठाउँ बनाऊ, जहाँ  एकआपसमा खाचो परेका बैला पीडित ठाँउमा आवश्यक परेको बैला एकअर्कालाई सहयोग र हेरचाह गराैं सन्देश मिस्टर थारु 2018 रबिन चौधरीले दिदै राहत वितरण  कार्यक्रम अगाडी बढाएको थियो । मिस्टर थारु टिमकै हरि शंकर चौधरीको  गाउँ भएर  राहत वितरण कार्यक्रम गर्न अझ सहज भएको जह इन्टरटेनमेन्टका व्यवस्थापन रुपेश चौधरीले जानकारी दिए ।
अरिवल बर्षाका कारण आएको रौतहट जिल्ला पतुहा नगरपालिका - ८ बिजयपुर मा नदिको बाध फुटदा त्यो गाउँमा मोटामोठी १५० घरमा धनजनको क्षयति भएको थियो। बाढि पीडितलाई फाबरिक म्याट, टर्च, साबुन, फस्ट एडका सामान, टुथ पेस्ट/ ब्रस, जीवन जल, मछर धुप, सनिटरि प्याड, लाईटर, १बोरा चिउरा, चाउचाउ, बिस्कुट, चक्लेट  लगायतका सामाग्री वितरण गरिएको हो।





राहत बितरणको लागि जह इन्टरटेनमेन्टका रुपेश चौधरी र आशिष राई रहेको थियो भने याक इभेन्टसका जयश चौधरी, जीवन चौधरी र माले कुमार चौधरी रहेको थियो । त्यसैगरि नेपालको विभिन्न ठाँउबाट रहेका मिस्टर र मिस थारु २०१८ टिमबाट रबिन चौधरी , नितेश चौधरी , अभिषेक महतो  , शृस्टी चौधरी, उर्मिला चौधरी र सुनिता महतो रहेको थियो। 
सहयोगीहरुलाई धन्यबाद दिदै याक इभेन्टसका व्यवस्थापन जयश चौधरीले वातावरणीय प्राभाव बाट आपत विपत परेको बैला हामी युवा  र नेपाली समाज सक्रिय भइ सहयोग गर्नुपर्छ  भन्दै स्थानीयबाट बिदा लिएको थियो ।  

निश्मा ढुङ्गाना चौधरी , जयश चौधरी, रुपेश चौधरी, अशिश राई र हरि शंकर चौधरीको निर्देशांकमा यो कार्यक्रम गर्न सफल भएको हो।बारा र पर्सामा हावाहुरी आउँदा प्रभावितलाई  मिस्टर र मिस थारु टिमले स्वाथ्य शिविर र राहत वितरण गरेका थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu