टिकापुर घटना घटेकै दिन भदौ ७,८,९ गते थरुहट राष्ट्रिय सम्मेलन हुने ।

Tuesday, 30 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लखन चौधरी,,
धनगढी:= थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक गरेको छ ।सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले सोमबार एक विज्ञप्ती जारी गर्दै भदौ ७, ८ र ९ गते हुने सो सम्मेलनको तालिका सार्वजनिक गरेका हुन् ।
उनका अनुसार सम्मेलन टीकापुर नगरपालिकास्थित सिटी हलको प्रांगणमा हुने भएको हो । भदौ ७ गतेदेखि सुरु हुने सम्मेलनको दोस्रो दिन भदौ ८ गते थरुहट आन्दोलन, टीकापुर घटनालगायतवारे बहस छलफल हुने जनाइएको छ ।भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै समापन हुने सो विज्ञप्तीमा उल्लेख छ । यसैबीच सम्मेलनलाई व्यवस्थापन गर्न विभिन्न उपसमिति समेत गठन गरिएको संयोजक चौधरीले जानकारी दिए ।
थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।त्यसको भोलिपल्ट भदौ ८ गते कर्फ्यु जारी भएकै अवस्थामा थारु समुदायका करिब ८० घर, पसल र एफएममा छानीछानी आगजनी गरिएको थियो ।
टीकापुर घटना दुखद भएको बताउँदै थरुहट नेताहरुले आफुुहरुको राजनीतिक अधिकारलाई राज्यले दबाउँदै आएको बताउँदै आएका छन् । थरुहट यसवा नेता माधव चौधरीले टीकापुरको सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिरहेको बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu