सुनसरी := केही समय यता थारु गित,संगीतको क्षेत्रमा विभिन्न म्युजिक भिडियो युट्युबमा सार्वजनिक हुने क्रम तिब्र रुपमा बढेको देख्न सकिन्छ ।
यसले के प्रष्ट बुझ्न सकिन्छ भने थारु समुदायको कलाकारहरु समेत अब आउदो दिनमा पहिला भन्दा पृथक तरिकाले थारु गित,संगीतमा मात्रै नभैइ नेपाली गित,संगीतको क्षेत्रमा नि छल्लाङ हान्न सक्ने सम्भावना पनि उतिकै बढ्दै गैईरहेको छ ।
प्रायजसो पच्छिम तराईमा बसोबास गर्ने थारु समुदायको कलाकार,मोडल,गायक,गायिकाहरु त लगातार एकपछि अर्को म्युजिक भिडियो निकाल्दै युट्युबमा सार्वजनिक गर्दै गरेको दर्शक,क्ष्रोताले हेर्दै आईरहेका छ्न , तर यहाँ भने पुर्वी तराईमा बसोबास गर्ने चकलेटी अनुहारका कारण प्रख्यात गायक,मोडल करण चौधरी समेत पुर्बिया थारु भाषाको गित आफ्नो अफिसियल युट्युब च्यानल मार्फत धमाधम प्रदर्शन गरिरहेको छ ।
एकपछि अर्को म्युजिक भिडियो प्रदर्शनकै क्रममा करणले अहिलेको बिश्व चर्चित समाजिक संजाल फेसबुककै नामबाट " फेसबुक " नामक डान्सबिटको भिडियो युट्युबमा सार्वजनिक गरेका छ्न ।
" तोर बिना "नामक एल्बममा समाबेश गरिएको उक्त गितमा करण संगै गायिका निकिता मण्डल थारुले आवाज दिएकी छ्न भने रेन चौधरीको शब्द संगीत रहेको छ ।
जय चौधरीले निर्देशन,सुरज क्ष्रेष्ठले ब्यवस्थापन गरेको भिडियोमा जय,लक्ष्मी,सरस्वती चौधरी लगायतको कलाकारले अभिनय गरेको हुन ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :