गायक सरगमले ४ वटा गीत एकैसाथ बजारमा ल्याए/एकको भिडियो तलको लिङ्क खोली हेर्नुस्

Tuesday, 24 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी ,,
कपिलवस्तु:= गायक सरगम चौधरीको ४ वटा अडियो गीत एकैसाथ बजारमा ल्याउने तयारी भएको छ । चुडी पायाल हाथके कंगनवा, जब से हुइलबा तुहिन से प्यार, प्रदेशिया र अबकी माघीमे लगायतको अडियो गीत बजारमा ल्याउने तयारी तिब्रा भएको हो।

थारु समुदायको माघी पर्वलाई लक्षित गरि धुमधामका साथ पर्व मनाउने उद्देश्यले माघ महिना सम्म बजारमा ल्याउनु पर्ने बताइएको छ । माघ महिनामा विशेषगरी थारु समुदायको उत्साहजन माघी पर्वलाई भव्य रुपमा मनाउँदै आएकोले थारु बहुल्य रहेको स्वदेश तथा विदेशमा समेत आयोजना हुने साँस्कृतिक कार्यक्रमलाई मध्यनजर गरि तयारी रहेको गायक चौधरीले बताए ।

यी ४ वटै गीतमा गायक सरगम चौधरीले आफैले स्वर दिएको बताएका छन् । यी सबै अडियो गीतको रेकाङ्गि डिम्रस रेकाङ्गि स्टुडियो काठमाण्डामौँ भएको हो । र पोष्ट प्रोक्डेक्सन एस एम मिडिया नेपालबाट सार्वजनिक हुने कलाकारले जनाए ।
चुडी पायाल हाथके कंगनवा बोलको गीतमा अन्नु चौधरीले स्वर दिएकी छन् भने शब्द संगीत गायक चौधरीले आफै गरेका छन् ।
यस्तै जब से हुइलबा तुहिन से प्यार भन्ने बोलको गीतमा सोनु कुस्मीको रहेको छन् भने शब्द संगीत रामदिन थारुले गरेका छन् । अर्को प्रदेशिया बोलको गीतमा जया चौधरीको रहेको छ भने शब्द संगीत प्रकाश कठरियाको रहेको छ ।

माघी पर्वलाई लक्षित गरि थालिएको तयारी अनुसार जस मध्य गायक सरगम, सिमान्त, प्रेम र गायिका अन्नु चौधरीको “अबकी माघीमे” भन्ने बोलको सुमधुर स्वरमा रहेको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

जसको शब्द संगीत राज कुमार थारुले गरेका छन् भने एरेन्जर गणेश चौधरीको रहेको छ । यस्तै विर, दिपिका, राजकुमार र शक्ति लगायत भिडियोको पर्दामा अभिनय गरेको देख्न सकिन्छ ।
त्यसैगरी सुधाराम दहितले गरेका छन् भने क्यामरा मेन घनश्याम चौधरी रहेका छन् । सम्पादन विहारी दहिको रहेको छ भने निर्माता धर्मेन्द्र चौधरीको रहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu