थारुहरु माघ किन मनाउछ्न ? पढेर बढी भन्दा बढी सेयर गर्नुस्।

Friday, 27 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[ लेखक : इन्दु थारु ] 

“माघ लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघक पिली गुरीगुरी जार ।”

माघ पर्वमा थारू समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारू फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे भन्ने कुरा कसैलाई थाहा नभएको कुरा लेखक डोरमणी विष्टले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । थारुहरुको आफ्नो कुनै लिखित इतिहास छैन । थारुहरुले मनाउने चाडपर्वका बारेमा पनि लिखत पाइदैन।


त्यसकारण थारुहरुले मनाउने विभिन्न पर्वका सवालमा पूर्खाहरुले सुनाउदै आएका किवदंतीमा हामी विश्वास गर्छौ । पूर्खाहरु भन्छन् हमरे माघ लहइठी, माघ खइठी, माघ मनइठी । अर्थात हामी माघ(मा) नुहाउछौ, माघ(मा) खान्छौ, माघ मनाउछौ । माथि उल्लेखित गीतले पनि यही कुरा बोल्छ । हामी माघमा गुरीगुरी जार पिउछौ ।


अहिले बहसको सतहमा आएको विषय हो थारुहरुले माघ मनाउछन् कि माघी । यो बहस गर्नुपर्ने विषयनै होइन । पश्चिम तराईका थारुले मनाउने माघनै हो । पूर्वका थारुले माघे संक्रान्ति मनाउछन् । तिलको लड्डु खानेहुनाले तिला संक्रान्ति पनि भन्छन् । पश्चिम थारु गाउँमा माघी लहाई, माघी खाई, माघी मनाई उच्चारण हुदैन । हैन भने गीतले पनि भन्ने थियो


माघी लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघीक पिली गुरीगुरी जार ।

पहिले माघ प्रत्येक थारु घर र प्रत्येक थारु बस्तीमा मनाइन्थ्यो । त्यसबेला माघ परम्परागत तरिकाले मनाइन्थ्यो । पुसको अन्तिम दिन गाउँभरिकालाई पुग्ने जिटा मार्ने (सुंगुर मर्ने), रातभर थारु पुरुषहरु जम्मा भएर डफ बजाउदै धमार (गीत) गाउने, भोलीपल्ट माघ १ गते सबेरै नजिकको नदीमा गएर नुहाउने, नुहाउदा डुबुल्की लगाउनैपर्ने, घर आएर ढकीयामा राखेको चामल, नून छुने र घरको सबैभन्दा पाको व्यक्तिलाई ढोग गर्दै आशिर्वाद लिने, गोतियार र छिमेक सबैको घरमा गई सेवाढोग गर्ने र ढिक्री लगायतका परिकार खाने, मघौटा नाच नाच्ने । माघ २ गते खिच्रहुवा मनाइन्छ । यसदिन बजार खेले (बजारमा किनमेल गर्न) जाने दिन हो । बजार खेल्नका लागि नजिकमा लाग्ने माघ मेला वा नजिकको बजार जाने गरिन्थ्यो । ‘बजार खेले जैना कलक माघ पठैना हो । अर्थात बजार खेल्न जानु भनेको माघलाई पठाउनु, बिदाई गर्नु हो । यसरी थारुहरुले मुख्यरुपमा ३ दिन माघ पर्व मनाउने गर्छन् । तर पुरा माघ महिनानै थारुहरुका लागि विशेष रहन्छ । थारु गाउँमा भलमन्सा रबरघर, चिरकिया, गुरुवा आदि चुन्ने काम माघ महिनामै गरिन्छ । गाउँको वर्षभरीको योजना बनाउने काम हुन्छ । त्यसैले थारुहरुले माघ महिनाभरि माघ मनाउछन् पनि भनिन्छ । अझ जार (जांड) खान रुचाउनेहरु त खानपिउन भएकै लागि पनि ‘थारुन्के माघ महिनाभर चलट‘ अर्थात थारुको माघ पर्व माघ महिनाभरि चल्छ भन्छन् ।


माघको रौनकता थारुहरुमा छाएको छ । तर जबदेखि आफ्नो राजनीतिक सांस्कृतिक अधिकारबारे थारुहरु चेतनशिल भए, निराशा सहितको रौनकता छाउन थाल्यो । नेपालको जनसंख्याको ठूलो हिस्सा ओगटेका थारुहरुको मुख्य पर्व माघमा सरकारसंग २ दिनको बिदा माग गर्न थालेको धेरै भयो । थारुका माग सुनुवाई गर्नु त कहाँ हो कहाँ, उल्टै माघको बिदा पनि कटौती गर्ने काम भयो । आदिबासी जनजातीहरुले बिदा पुनस्र्थापनाको लागि दबाब दिएपछि पुन माघको बिदा दिने निर्णय सरकारले गर्यो।


धेरैलाई लाग्न सक्छ, माघ त महिना हो । माघ महिनामा मनाउने पर्व चाहि माघी हो । तर त्यस्तो होइन । पश्चिमका थारुहरुले माघ मनाउदै गर्दा पूर्वका थारु र अन्य समुदायले तिलारमाघे वा मकर संक्रान्ति मनाउने गर्छन् । एकातिर थारुको माघ अर्कोतिर अन्यको माघे वा मकर संक्रान्ति हो भने माघी कसको हो ? यसो बुझ्दै जादाँ त माघी भन्ने कसैको होइन । माघी शब्द प्रयोगमा आएको पनि धेरै भएको छैन । यो बिल्कुल नयाँ शब्द हो । अझ यस्तो भन्न सकिन्छ, माघी थारुहरुको माघको नेपाली रुपान्तरण हो । तर माघी शब्द यस्तो राष्टिय शब्द भैसक्यो कि थारुहरुले माघी होइन माघ मनाउछौ भन्दा अराष्टिय तत्व घोषणा हुन बेर छैन ।
माघे संक्रान्ति उच्चारण गर्न लामो हुने भएकाले पनि पछि सर्टकटमा माघी भनिएको हुन सक्छ । एक नेपाली गीत हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा ले पनि माघी शब्द स्थापित गरायो । माघ महिनामा थारु गाउँबस्ती यो गानाले गुञ्जायमान हुन्छ  । यसको प्रभावले पनि थारुको माघ, माघीमा रुपान्तरित हुन गएको हो ।


पहिले थारुहरुको गाउँघरमा मात्र माघ पर्व सिमित थियो । त्यसबेला थारुहरुको माघ पर्वभन्दा माघे संक्रान्तिले मिडियामा बढी स्थान पाउथ्यो । पहिलोपटक वि स २०५९ सालमा काठमाण्डौको नेपाल टुरिज्म बोर्डमा थारु  कल्याण्कारीणी सभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा संस्थागत रुपमा माघी कार्यक्रम सम्पन्न गरियो । त्यसपछि प्रत्येक वर्ष काठमाण्डौमा, दोश्रो वर्ष बानेश्वरको सहकारी भवन, तेश्रो वर्ष राष्टिय सभा गृह, चौथो वर्ष प्रज्ञा भवन त्यसपछि २०७२ मा रंगशाला बाहेक अन्य सबै वर्ष टुडिखेलमा माघी महोत्सव आयोजना गरियो । संस्थागत रुपमा आयोजना गरिने माघको कार्यक्रममा प्रधानमन्त्री, सभामुख लगायतका उच्च ओहदाका व्यक्तित्वले सम्बोधन गर्नेभएपछि सञ्चारमाध्यमको चासो बढ्दै गयो । काठमाण्डौको कार्यक्रमले जिल्ला स्तरमा पनि माघको कार्यक्रम गर्ने हौसला थपियो । माघी पर्व लेख्ने र भन्नेहरुको जमात बढ्दै गयो । त्यसैको प्रभावमा अहिले जहाँजहाँ माघको कार्यक्रम गरिन्छ, माघी महोत्सव वा माघी मेला लेखेको पाइन्छ । माघी लेख्दैमा र भन्दैमा धेरै केही बिग्रिहाल्ने पनि होइन । नेपाली भाषा सधैं डोमिनेन्ट र राष्टिय भाषा रहेकाले थारु शब्दको  नेपालीकरण गर्दा राष्टिय भइन्छ भन्ने मानसिकताले सिमान्तकृतहरुले आफनो मौलिक पर्वको नेपालीकरण स्विकारेका होलान् । प्रदेश ५ मा भने ‘प्रादेशिक माघ महोत्सव २०७५ लेखियो र मनाइयो ।


आफ्नो भाष संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउदै छन् । माघ वा माघे संक्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनिय विषय छ । थारुहरुले प्रयोग गर्ने मैलिक शब्द नेपालीकरण गरेको यो पहिलो पटक होइन । थारुहरुको मौलिक शब्दका गाउँका नामहरु प्रिवर्तन गरिने पुरानै परिपाटी छ । जस्तो थारुगाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनु जस्ता थुप्रै उदाहरण छन् । त्यस्तै थारुहरुको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो । त्यसकै निरन्तरता हो माघलाई माघी बनाइनु । थारुका ठेट र मौलिक शब्दहरु प्रिवर्तित हुदै जानु थारु भाषामाथिको प्रहार हो । हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो । तर यी शब्द केवल शब्द मात्र होइनन् । यी शब्द भनेका थारुका पहिचानसंग जोडिएका विषय हुन् । यी शब्दसंग थारुको इतिहास जोडिएको छ । थारु मात्रै किन सबै भाषाका आफ्नै मौलिक र ठेट शब्द र त्यसको उच्चारण हुन्छ, सबैको आफ्नै महत्व, आफ्नै पहिचान र इतिहास हुन्छ । कसैको पनि पहिचान र इतिहास मेटाउन भन्दा त्यसको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ ।


२०६८ को जनगणना अनुसार क्षेत्री, बाहुन, मगर पछिको चौथो ठूलो जनसंख्या थारुको रहेको छ । थारुको जनसंख्या कुल जनसंख्याको ६.६ हुन आउछ । नेपालमा बोलिने १२३ भाषामा प्रमुख रुपमा बोलिने भाषाको लिस्टमा पनि थारु भाषा चौथो नम्बरमा रहेको छ, जुन ५.८ प्रतिशत हुन आउछ । जनसंख्याको तेश्रो नम्बरमा रहेको मगर जातीहरुको भाषाको लिस्टमा आठौंमा देखिन्छन् जुन ३ प्रतिशत मात्र हुन आउछ । अनेकतामा एकतानै हाम्रो देशको विशेषता हो । मैथिली, भोजपुरी, थारु, तामांग, नेवार, मगर, डोटेली लगायत यहाँका १२३ भाषीहरु आफ्नो भाषा बिर्सेर नेपाली मात्रै बोल्नथाले के नेपाल सुन्दर रहिरहन्छ । नेपाल सुन्दर हुनुमा यहाँको प्राकृतिक देन त एउटा पक्ष हो नै, साथै यहाँ बसोबास गर्ने सबै जातजाती, तिनको भाषा संस्कृति, भेषभुषालाई पनि वेवास्ता गर्नुहुदैन ।


माघको रौनकता थारुहरुमा छाएको छ । तर जबदेखि आफ्नो राजनीतिक सांस्कृतिक अधिकारबारे थारुहरु चेतनशिल भए, निराशा सहितको रौनकता छाउन थाल्यो । नेपालको जनसंख्याको ठूलो हिस्सा ओगटेका थारुहरुको मुख्य पर्व माघमा सरकारसंग २ दिनको बिदा माग गर्न थालेको धेरै भयो । थारुका माग सुनुवाई गर्नु त कहाँ हो कहाँ, उल्टै माघको बिदा पनि कटौती गर्ने काम भयो । आदिबासी जनजातीहरुले बिदा पुनस्र्थापनाको लागि दबाब दिएपछि पुन माघको बिदा दिने निर्णय सरकारले गर्यो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu