थारु कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सकेका सुपरमोडल विवश चौधरीको नयाँ थारु म्युजिक भिडियो ‘काली काली मोर साली’ भन्ने गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छ्न ।
सीएस फिल्मसको अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक भएको यस् म्युजिक भिडियोमा विवश र समु चौधरी,हरित चौधरी लगायतको मुख्य अभिनय रहेको छ ।
शब्द संगीत लखन चौधरीको रहेको गीतमा लखन चौधरी र दुर्गा चौधरीको स्वर रहेको छ । म्युजिक भिडियो सुधराम दहितले निर्देशन गरेका हुन भने छायांकन र सम्पादन सतिश सिन्हा र श्रीङ्गार सुमित्रा चौधरीले गरेका हुन ।
मोडल विवश थारु, नेपाली र भोजपुरी सहित सयौं सुपर हिट म्युजिक भिडियोमा अभिनय गरिसकेका छ्न। खास गरि थारु कलाकारिता क्षेत्रमा चवन्नी मुस्कीवाला मोडलका रुपमा चीरपरिचित उनी चाँडै नै हिन्दी गीतको पनि म्युजिक भिडियो दर्शकमाझ लिएर आउने बताउनुभयो ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :