राजनीति गर्नै नपाउने थारुले ? एकचोटि अवश्य पढ्नुस।

Saturday, 7 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मधुकर,,
आमरण अनशन आफैमा संघर्षको अन्तिम अस्त्र हो भन्ने कुरा आमजनमानसको बुझाइ छ । थरुहट नेता लक्ष्मण थारु आमरण अनशन किन बसे त ? साच्चै संघर्षको अन्तिम अस्त्र किन रोजे त ? सोचनीय विषय हो ।
आज देशमा नयाँ संविधान घोषणा भएको साढे चार वर्ष वित्नै लागेको छ । संविधान सभाबाट बहुमत हस्ताक्षरसहित अनुमोदित भई घोषणा भएको संविधानलाई लक्ष्मण थारु लगायत बहुसंख्याक जनताले संशोधन गर्न तर्फ औला उठाएको अवस्था छ । संविधान जारी हुनुपुर्व सबै वर्ग क्षेत्र लिंग समुदायले नयाँ संविधानमा अधिकार सुनिश्चतताको माग सहित आन्दोलनमा थिए । संघर्षरत थिए । फरक यति हो कि, कोही राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने । एकल जातीय भाषिक, धार्मिक तथा एकल वर्गीय राज्य व्यवस्थालाई बहुलवादमा अधारित सम्पूर्ण नेपाली जनताको साझा राज्य बनाउने अर्थात सबैलाई अधिकार सम्पन्न बनाउने तर्कका साथ आन्दोलित थिए । भने कोही सदियौंदेखि खाईपाई आएको सेवा सुविधाबाट बञ्चित भइन्छ कि, अधिकार विकेन्द्रीत हुँदा आफ्नो अधिकार कटौती हुन्छ कि भन्ने नश्ललवादी चिन्तन र पश्चगामी मनोविज्ञानको खोक्रो तर्क लिई राज्यको नातावाद, कृपावादको बलबुटामा अखण्ड सुदूरपश्चिम लगायतको देश भरि विभिन्न नामले शक्ति प्रर्दशन गर्न लागे । जे भए पनि सबैले राज्यसंग माग राख्नु कुनै नराम्रो कुरा चाँीह होइन । तर राज्यको बागदोर समालेका नेतृत्वको अदुरदर्शिताका कारण २०७२ भदौ ७ र ८ गते टीकापुर घटना घट्यो । भदौं ७ गते आन्दोलनकै क्रममा ७ जना सुरक्षाकर्मीहरु सहिद भए । भदौं ८ गते कफर््यूको समयमा सम्प्रादायिक डंगा निम्तिने गरि टीकापुरको थारुहरुको घर पसल व्यावसायिक स्थल छानी छानी जलाइयो, लुटपात गरियो । उता दुई वर्षे दुधे बालकलाई थरुहट आन्दोलनकारीहरुले हत्या गरे भनेर भ्रमात्मक प्रचार गरि माननीय रेशम चौधरी, नेता लक्ष्मण थारु लगायत थारु अगुवा तथा सोझासाझा थारुहरुलाई झुठा मुद्धा लगाइयो । अहिले पनि माननीय रेशम चौधरी लगायत ११ जना राजबन्दीहरु कारागारमा कष्टपूर्ण जीवन विताइरहेको अवस्था छ ।

यहाँसम्म की मानव अधिकारको मुद्धामा काम गर्ने इन्सेक नामक संस्थाले एकोहोरो, एकलौटी रुपमा विना अनुसन्धान दुधे बालकलाई थरुहट आन्दोलनकारीहरुले हत्या गरेको भनि फोटो सहित इन्सेकको मानव अधिकार वर्ष पुस्तिकामा प्रकाशन गर्ने दुश्साहस ग¥र्यो । तर त्यहि संस्थाले ८ गते कर्फयूको समयमा थारुहरुको घर पसल व्यवसाय जलाउदा लुटपात हुँदा केही बोलेन ।
तसर्थ नेपालको संविधान जारी हुनुमा कुनै दुःखको विषय होइन, तर संविधानबाट बहिरगमित भएका जनताका अधिकारलाई ससम्मान संविधानमा उल्लेखित गर्नुपर्ने माग मात्रै हो । त्यसैले त नेपालका बहुसंख्याक थारु मधेशी आदिवासी जनजाती दलित मुस्लिम महिला तथा पछाडी पारिएका समुदायहरु अपुरो अधुरो कालो संविधान संशोधन गर भनेर चरणबद्ध रुपले आन्दोलित छन् ।
देशमा संविधान जारी भए पश्चात राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्दछ । भन्ने पहिचान न्याय र अधिकारको क्षेत्रमा अवाज उठाउने धेरै नेता, कार्यकर्ताहरुलाई चुनावी हावाले सत्ताको ताँतीतिर पाखा लागाई दियो । उता, थरुहट आन्दोलनका मसिहा लक्ष्मण थारु लगायत सयौ थारुहरुलाई टीकापुर मुद्धा लगाएर तिमी थारु राजनीति गर्नु हुदैन सके हाम्रो सेवा गर, नसके मुद्धा खेप र चुपचाप बस भनेर षडयन्त्र गरियो । साच्चै थरुहट आन्दोलनको नारा जनताको मानसपतलमा सिमसत हुन पुग्यो । सडकमा गुञ्जिन सकेन ।
थरुहट थारुवानको विभिन्न जायज मागलाई १४ बुँदामा कैद गरि सडक तताउनुको विकल्प छैन भनि थरुहट नेता लक्ष्मण थारुले आँट र अठोटका साथ फागुन १ गतेबाट आमरण अनशन नामक आन्दोलनको शुरुवाट गरे । मलाई अहिले पनि स्मरण छ । आमरण अनशनको जानकारीको लागि नेता लक्ष्मण थारुद्धारा गरिएको पत्रकार भेटघाटमा भनेका थिए, “आमरण अनशन चाँही आन्दोलनको अन्तिम रुप होइन, तर यसले राज्यलाई केही हदसम्म थरुहट थारुवानको मुद्धाको विषयमा दबाब दिने छ । र जनताहरुलाई संघर्षका लागि सडकमा उत्रिने बातावरण हुन्छ ।”
सोही अनुरुप टीकापुर मुद्धा राजनीतिक रुपमा सामाधान गर्नु पर्ने, माननीय रेशम चौधरी लगायत ११ जना राजबन्दीहरुलाई रिहा गर्नु पर्ने, टीकपुर आन्दोलन र मधेश आन्दोलनमा भएका घटनाको छानविनका लागि गठन भएको पुर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको उच्च स्तरीय आयोगको प्रतिवेदन र तत्कालीन गृह मन्त्रलायका देवीराम शर्मा नेतृत्वमा बनेको प्रतिवेदन सार्ववनिक गर्नु पर्ने लगायतका १४ बुँदे माग राखि लक्ष्मण थारुले ०७६ फागुन १ गतेबाट धनगढीमा शुरु गरिएको आमरण अनशनले देश भरका जनताहरु आन्दोलित भएका छन् ।

यस आमरण अनशनलाई धेरै राजनीतिक दल अधिकारमुखि संघसंस्थाहरुले ऐक्यबद्धता जनाउनु, राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत नेता लक्ष्मण थारुको जीवन रक्षाको लागि विज्ञप्तीमार्फत सरकारलाई सिफरिस गर्नु, कैलालीका सक्रिय राजनीतिक दलहरु नेता थारुको १४ बुँदे मागलाई गम्भीरतापुर्वकले वार्ता सम्वादद्धारा नेपाल सरकारलाई आग्रह गर्ने कुरामा सहमत भई अनशनरत नेता थारुलाई अनशनको कार्यक्रम स्थगित गरि आन्दोलनको अन्य विकल्प अपनाउन आग्रह गर्नेगरि दूई बुँदे सहमति हुनुलेपनि यस आमरण अनशनको औचित्यतता र गरिमा बढेको अनुमान गर्न सकिन्छ।
यसर्थ, आठ दिने आमरण अनशन आन्दोलनको एक चरण हो । अनशनरत स्थलमै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले पत्रकार भेटघाट मार्फत गरि थप आन्दोलनको कार्यक्रम घोषणा गरे । सोही बमोजिम देशभरका जनताहरु आन्दोलनमा होमिनुले पनि यस आमरण अनशनको सार्थकतालाई बढाएको छ ।
मोर्चाका संयोजक थरुहट नेता थारुद्धारा आठौं दिनमा स्वास्थ्यको प्रतिकुलताका कारणबस स्थिगित गरिएको आमरण अनशनप्रति भ्रमात्मक प्रचारबाजी गर्नु अर्थहिन छ । तसर्थ, शान्ति, सद्भाव, न्याय र अधिकारका लागि उठान भएका न्यायपूर्ण थरुहट थारुवान आन्दोलनलाई हामी सबैको साथ समर्थन र ऐक्यबद्धताको खाँचो छ । मोर्चाले अह्वान गरेको आन्दोलनलाई सफल बनाउन सम्पूर्ण न्याय प्रेमी जनता एकजुट हुनुको विकल्प छैन 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu