काठमाडौँ:= कलाकार तथा मोडल पल शाहले कोरोना भाइरस नियन्त्रणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारका लागि कोरोना उपचार तथा नियन्त्रण कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले आफ्नो समाजिक संजाल फेसबुक पोस्टमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् ।