कैलाली := सुरज कुशुम्याद्वारा निर्देशित प्रेम कथामा आधारित थारु भाषाको म्युजिक भिडियो सहितको छोटो चलचित्र ( Tharu short movie ) "पगली" लामो समयको पर्खाइ पछि अन्ततः युट्युबमा प्रदर्शन भएको छ।
आरकेसि डिजिटल ( Rkc digital ) युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियो भित्रको कथा,कहानी (concept) सुरजले स्वयंम आफैंले तयार पारेका हुन भने नृत्य निर्देशन पनि उनैको रहेको छ। आरबी मधु चौधरीको शब्द रहेको म्युजिक भिडियोको गितमा दिपेन चौधरीले स्वर दिइएको हो। अन्सुमन चौधरी निर्माता रहेको उक्त भिडियोको छायांकन तथा सम्पादन रामु चौधरी र श्री राम चौधरीले गरेका हुन भने संगित ब्यवस्थापन गणेश चौधरीले गरेका हुन।
भिडियोमा मुख्य अभिनयमा रहेका थारु मोडेल देवदास एउटा् प्रेमिल पुरुषको भुमिका निभाएका छ्न , प्रेमिकाको भुमिका चाहिँ चर्चित थारु मोडेल , गायिका समेत रहेकी अन्जु कुश्मीले निभाएकि हुन। भिडियो भित्र देवदासको आमाको भुमिकामा गायिका तथा मोडेल श्री देवि थारुलाई देख्न सकिन्छ भने , एक मुख्य पात्रको रुपमा निर्देशक सुरजलाई पनि देख्न सकिन्छ।
भिडियो चाहिँ पछिल्लो समयमा नेपाली युवा,युवतीहरुले विभिन्न कारणबस गर्ने गरेको आत्महत्याको बारे बनाइएको हो। भिडियो भित्र पुरुष प्रेमीको भुमिकामा रहेका मोडेल देवदासले आफ्नो प्रेमिका अन्जु कुश्मीलाई प्राण भन्दा पनि प्यारो मानेर यामा गर्ने गर्छन तर अन्जुले अच्चानक आफ्नो प्रेमी देवदासलाई मायामा धोका दिन पुग्छिन।
मायामा धोका पाएको चोटलाई सहन नसकेर दुखी भएर देवदास एउटा् पागल जस्तै भएर यताउता भौतारिदै लावारिस जस्तो डुल्न थाल्छन । देवदासको आमाको भुमिकामा देखिएकी श्री देवि आफ्नो छोराको पागल जस्तो भएको नाजुक अवस्था देख्न नसकेर,पिडा सहन नसकेर मर्छिन ।
र आखिर अन्त्यमा देवदासले पनि प्रेमीकाले धोका दिएको र आमाको मृत्युको पिडा सहन नसकेर घाटीमा पासो लगाएर आत्महत्या गर्छन।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :