काठमाडौं := थारु कल्याणकारीणी सभा केन्द्रिय समितिको आयोजना तथा थारु युवा सभाको सहजिकरणमा २६ औँ विश्व आदिवासी दिवसको अवसरमा थरुहट आन्दोलनको समिक्षा तथा थारु माथि भैरहेको विभेद, दमन र त्यसको निकासबारे भर्चुअल अन्तक्रिया कार्यक्रम शनिबार सम्प्पन्न भएको छ ।
कार्यक्रममा देश तथा विदेशबाट थारु सामाजिक अभियन्ता ,समाजसेवी,बिधार्थी,सञ्चारकर्मी,युवा,महिलाहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व थारु कल्याणकारिणी सभाको केन्द्रिय महामन्त्री प्रेमिलाल चौधरीले गरेका थिए। कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा सुर्खेतको सभापति बेचुलाल चौधरीले थरुहट आन्दोलनको र संविधानको मर्म बिपरित स्थानिय निकायमा हुने नियुक्तिमा समावेशीता शुन्य रहेको औंल्याउदै ध्यानआकर्षण गराएका थिए । आइ एम ग्रुपको सामाजिक अभियन्ता यम चौधरीले थारु मूलवासी कि आदिवासी हुन? प्रस्न उठाएका थिए । थारु बिधार्थी समाजको केन्द्रिय अधक्ष्य चन्द्र प्रसाद चौधरीले थरुहट आन्दोलनको निम्ति थारु एकतामा लाग्नुपर्ने कुरामा जोड दिनुभयो।
थारु बिधार्थी सभाका केन्द्रिय अध्यक्ष संजय थारुले त्रिभुवन बिश्व बिधालयले इञ्जिनिएरिङ्गमा थारु आरक्षण कोटा कटौति बारे आपति जनाउदै मेडिकलमा थारु आरक्षण स्थापनाको लागि थारु कल्याणकारिणी सभालाई उच्च स्तरिय दवाब दिनको लागि सहयोग गर्न अनुरोध गरेका थिए। बिधार्थी अभियन्ता थारुले थारु संग संस्थामै थारु युवा तथा बिधार्थी अधिकार दिने भन्दा बढी प्रयोग गरिएको प्रति असन्तुष्टि समेत जनाएका थिए।
थरुहट आन्दोलनको नेतृत्व र सहभागितामा युवा तथा विधार्थीलाई अग्रसर गराउनु पर्ने अभिव्यक्ति थारु युवा सभाको केन्द्रिय अधक्ष्य कानुन लाल चौधरीले दिनु भएको थियो ।
त्यस्तै थरुहट आन्दोलनलाई थारु कल्याणकारिणी सभालेनै आफ्नो भातृ संगठनहरुको सहकार्य र नेतृत्वमा अझ सशक्त ढंगले आन्दोलनलाई अगाडी बढाउनुपर्ने र थारु संस्कृतीलाई जोगाउन सम्भव भएको खण्डमा थारुको बसोबास रहेको हरेक जिल्ला जिल्लामा थारु संग्रहालय निर्माण गर्नुपर्ने धारणा भर्चुअल मिटिङमा मलेसियाबाट सहभागी सञ्चारकर्मी तथा समाजिक अभियान्ता आरएन चौधरी थारुले व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण थारु युवा सभाको महासचिव चंचल चौधरीले गर्नु भएको थियो भने थारु बिधार्थी सभाको शुशिला चौधरी , थारु महिला समाजको केन्द्रिय अध्यक्ष गीता चौधरी , थारु कलाकारका राम स्वागत चौधरी , थारु युवा सभाका पवन चौधरी लगायतले आ आफनो धारणा व्यक्त गरेका थिए।