बिजयनगरकाे काेराेना नियन्त्रणमा झन्डै २ कराेड खर्च।

Saturday, 15 August 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[ राम अवतार चाैधरी ]
चन्द्राैटा(कपिलवस्तु):= बिजयनगर गाउँपालिकाले कोरोना नियन्त्रणको लागि झन्डै २ कराेड खर्च गरेकाे विवरण सार्वजनिक भएकाे छ । जिल्लाको गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेको हो।

गत बर्षाकाे चैत्र देखि २०७७ असार मसान्त सम्म उक्त रकम कोरोना नियन्त्रण तथा रोकथामको लागि १ करोड ८८ लाख ७० हजार ५ सय ६२ रूपैयाँ खर्च भएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी थारुले भारतसँग नेपालकाे सिमाना जाेडिएकाले कृष्णनगर हँदै अर्घाखाँची, दाङ र प्युठान लगायत अन्य स्थानमा सर्वसाधारण जाने गर्दछन् । साेही क्रममा काेरानाकाे महामारी फैलिरहेकाे बेला सिमानाकामा अलपत्र परेका अाफ्नाे पालिका भित्रका अाम नगरिकलाई गन्तव्य सम्म नि:शुल्क पुर्‍याउने कार्य गर्दै अाएकाे उनले बताइन्।
उपाध्यक्ष थारुका अनुसार त्यतिमात्र नभएर कहिँ कतै बिरामी भएकाे खबर अाफूले थाहा पाए सम्म अस्पताल पुर्‍याउने र ल्याउने गरेका थारुले जानकारी दिइन् । यसका साथ-साथै काराेना राेकथामका लागि क्वारेन्टाइन सञ्चालन  उचित व्यवस्थापन गरेकाे समेत थारुले उल्लेख गरिन्।
गाउँपालिकाले नगर प्रहरी स्वंयसेवक तथा अन्यलाई सुविधा शिर्षकमा रु १३ लाख २३ हजार ७२ रुपैँया खर्च गरेको छ । त्यस्तै क्वारेन्टाइन तयारी तथा संचालनमा रु ५८ लाख ६२ हजार १ सय ३७ रुपैँया गरेकाे छ भने राहतजन्य सामाग्री ५१ लाख ४० हजार ३ सय ८७, स्वास्थ्य सामाग्री ६१ लाख ५९ हजार९ सय ६६ र अन्य व्यावस्थापन सम्बन्धि रु ३ लाख ८५ हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले बताए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu