धनगढी := हिजो शनिबारको दिन जुम भर्चुवल मार्फत एक कार्यक्रम गरि नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाको प्रमुख अतिथ्यतामा नब गठित तदर्थ समिति रानाथारु पत्रकार समाज गठन गरेका छन।
रानाथारु पत्रकार समाजको अध्यक्षमा रानाथारु अनलाईन डटकमका संचालक नन्दलाल राना चयन भएका छन् । नन्दलाल संगै उक्त समितिमा १७ जना चयन भएका छ्न , जस्मा नरशे राना उपाध्यक्ष , सचिबमा अनिता राना , कोषाध्यक्षमा पुनम राना ,सहसचिबमा गौतम राना रहेका छन भने सदस्यमा रामदुलारी राना ,भुवनेश्वरी राना , सरस्वती राना , रोसनी राना , जनक राना , किसन राना ,दिलमाय राना , एमवि राना , पुजा राना , दिपेन्द्र राना , विटिया राना , राममिलन राना लगायतको रहेका छन।
कार्यक्रमको शुभकामना आदिबासी जनजाती महासंघ सुदुरपश्चिम प्रदेश समन्व्य समितिका महासचिब राजकुमार राना , आदिबासि जनजाति महासंघ कञ्चनपुर जिल्लाका सचिब रमेश लाल राना दुबईबाट भोजराज राना , गणेश राना , कौशिल्या राना लगायत नब गठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।कार्यक्रम नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले संचालन गरेका थिए । भने कार्यक्रममा शुभकामना मनतव्य सरस्वती राना लगायतकोले दिएकि थिइन।