मुटु र खुट्टामा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना।

Friday, 7 August 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौ := स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना भएका छन्। डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार खुट्टा र मुटुमा समस्या भएपछि उनलाई सोमबार वीर अस्पताल लगिएको हो।

'उहाँको खुट्टा सुन्निएको र मुटु सम्बन्धी समस्या आएको भनिएपछि अस्पताल लगिएको हो,' जेलर आचार्यले भने। २०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालक लगायत कैयौं आन्दोलनकारीको ज्यान गएको थियो।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्ट वाण्टेड’को सूचीमा राखेकाे थियाे। उनले वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए। निर्वाचनमा चौधरी १९ हजार मतान्तरले विजयी भए। विजयी भएपनि उनले निर्वाचन आयोगबाट विजेता प्रमाणपत्र भने लिन सकेनन्। उनले प्रमाणपत्र पाउन वारेसनामामार्फत् अदालतमा निवेदन दिए।

अदालतले अस्वीकार गरिदियो। त्यसपछि २०७४ साल फागुन १४मा चौधरीले आत्मसमर्पण गरे। जेल परेपछि पनि उनले सांसद पदको सपथ लिने प्रयास जारी राखे। झण्डै एक वर्ष जेल बसेपछि उनले २०७५ साल पुस १९ गते सांसदको सपथ लिएका थिए। तर अहिलेसम्म रिहा भने भएको छैन।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu