सांसद रेशम लगायतको राजबन्दीलाई रिहाई नगरे थरुहट क्षेत्रमा प्रधानमन्त्रीलाई प्रवेश निषेध गर्छौ।

Saturday, 8 August 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
धनगढी(कैलाली):= प्रतिनिधि सभा सांसद रेशम चौधरी लगायत ११ जना थारु राजबन्दीहरुलाई तीन महिना भित्र रिहाई नगरे प्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्री निकट सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिष्कार गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ। 

नेपाल आदीवासी जनजाती महासंघ ७ नम्बर प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका ८ वटा संगठनले आज (शनिबार) धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरि थरुहट थारुवान राष्ट्रिय मोर्चाको मागमा एक्यवद्धता समेत रहेको जनाएको छ्। 

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घटना बनाई रेशम चौधरी लगायतका ११ जनालाई बन्दी बनाएको र उनीहरुलाई तीन महिना भित्र नछोडे त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएको छ। पत्रकार सम्मेलनमा लक्ष्मणले भने–‘हामीले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छौँ, तर सुनुवाई भएको छैन, अब तीन महिना भित्र पनि सुनुवाई भएन भने कोरोनाले पनि आन्दोलनलाई रोक्न नसक्ने बताउदै अब निर्णायक आन्दोलन गर्ने छौँ उनले भने ।’ वर्तमान सरकार भ्रष्टचारको अखडा बनेको बताउँदै संयोजक चौधरीले कोरोना नियन्त्रण, शुसासन, बाढी पहिरो लगायतका विषयमा गैर जिम्मेवार बनेको उल्लेख गरे। 

संयुक्त आन्दोलन संघर्ष समितिले साउन २५ गते देखि असोज ३ गते सम्मको संघर्षको कार्यक्रम समेत सार्वजनिक गरेको छ।
थारुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव थारुका अनुसार साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने, भदौ २ गते मानव अधिकार तथा नागरिक अगुवाहरुसँग धनगढीमा वृहत अन्तरक्रिया गर्ने, भदौ ७ गते टीकापुर थरुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी विरोधसभा गर्ने लगायत रहेका छन्, र यदि यो अवधिमा पनि माग पूरा नभए दसैँ, तिहार, छठपछि सशक्तरुपमा निर्णायक आन्दोलन गर्ने संघर्ष समितीले बताएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu