कपिलवस्तु:= थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार सिताराम चौधरीको ममतामय आमाको निधनप्रति संयुक्त श्रद्घाञ्जली कार्यक्रम भएको छ । जिल्लाको शिवराज नगरपालिका–१,उमरीमा शनिबार एक कार्यक्रमका बीच वरिष्ठ पत्रकार चौधरीको स्वर्गीय आमा राम जानकी चौधरीको निधनप्रति श्रद्घाञ्जली प्रकट गरिएको हो ।
थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समिति, रुपन्देही तथा कपिलवस्तु थापस जिल्ला शाखा र थारु कल्याणकारिणी सभा कपिलवस्तु जिल्ला कार्य समिति लगायत थारु समुदायको अग्रपंक्तिमा रहेर निरन्तर सामाजिक कार्य गर्दै आएको संघ संस्थाको संयुक्त आयोजनामा श्रद्घाञ्जली कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
श्रद्घाञ्जली कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले मृत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनहरु प्रति समवेदना प्रकट गरेका छन् । वरिष्ठ पत्रकार चौधरीको ममतामय आमाको असामयीक निधनले स्तब्ध भएको जनाउँदै थारु पत्रकार संघ लगायत थारु समुदायमा गरेको पत्रकार चौधरीले गरेका उल्लेखिनिय कार्यलाई स्मरण गर्दै उनको स्वर्गीय आमाको निधनप्रति श्रद्घाञ्जली अपर्ण गरिएको बताइएको छ ।
उक्त कार्यक्रममा थारु पत्रकार संघ नेपाल कपिलवस्तुका शाखा अध्यक्ष श्याम सिटीको अध्यक्षता, कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारुको प्रमुख आतिथ्यता, थापस केन्द्रीय सचिव कमल चौधरीको बिशिष्ट आतिथ्यता, थापस रुपन्देही जिल्ला उपाध्यक्ष अनिता थारु लगायतको आतिथ्यता, थाकस जिल्ला सभापती उमाशंकर थारुको शोक मन्तव्य तथा थापस रुपन्देही अध्यक्ष राज चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
+ तपाइको प्रतिकिया ब्यक्त गर्नुस + 1 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
The best casino in NJ | DrmCD
If you're in the mood to play 김천 출장샵 blackjack online 경주 출장샵 or 충주 출장안마 casino poker online in NJ, it's time to find 안산 출장마사지 out what's best for you 부산광역 출장샵 and what's not.